काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माण शुरू गरिएको छ। असैनामा दश शय्याको नगर अस्पताल भवन निर्माणको कार्य शुरू गरिएको हो।
६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ। एमके बिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ।
दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता गरिएको छ। सोहीअनुरूप कार्य भइरहेको छ। अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछ।