काभ्रेपलान्चोक। काभ्रेपलान्चोकको देविटार अन्तर्गत महाभारत गाउँपालिकाको घर्तिछापमा १० शैय्याको आधारभुत अस्पतालको भवन निर्माण हुने भएको छ। त्यस गाउँपालिकाको स्थानीयबासीन्दालाई मध्य नजर गरेर उक्त अस्पतालको भवन निर्माण हुने भएको हो। उक्त गाउँपालिकाको स्थानीयबासीहरु सिकिस्त बिरामी हुँदा पनि समयमा उपचार नपाएर अकालमा नै ज्यान गुमाउनु परेको दर्दनाक घटनालाई अन्त्य गर्ने हेतुले गाउँपालिकाको कार्यलयले अस्पताल निर्माण गर्ने योजना बनाएको हो।
महाभारत गाउँपालिकाले अस्पतालको भवन निर्माणको लागि एम.एस कश्मादेभी न्यु ड्रेगन जेभीलाई ११ करोड १२ लाख भन्दा बढी लागतमा ठेक्का सम्झौता गरेको छ। उक्त गाउँपालिकामा अस्पताल निर्माण भएमा स्थानीयले समयमा नै उपचार पाउने विश्वास गरिएको छ। अस्पताल निर्माण हुने कुराले स्थानीयको मुहारमा खुसि छाएको छ। अस्पताल भवन निर्माणले महाभारत गाउँपालिकाको मात्र नभएर काभ्रेपलान्चोक जिल्लाकै विकासमा टेवा पुग्ने छ।