काठमाडौं। सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ९६ प्रतिशत सम्पन्न भएको छ। सानिगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न हुने चरणमा पुगेको हो।
आयोजनाको बाँध र सुरुङ खन्ने काम पूरा भइसकेको जनाइएको छ। उक्त आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ ढलानको काम अन्तिम चरणमा पुगेको छ। निर्माणको काम अन्तिम चरणमा पुगे पनि आयोजनाको बाँकी काम पूरा गरेर विद्युत उत्पादन सुरु गर्न अझै ६ महिना लाग्ने बताइएको छ।
उक्त आयोजनाबाट गत भदौदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भएको भएतापनी विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी तथा गत बर्खामा आएको अवीरल बर्षापछिको बाढी र पहिरोले संरचनाा क्षति पुर्याउँदा उत्पादन तालिका सरेर ढिला भएको हो।
आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ। आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।