काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन्। पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेका हुन्।
पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ। यही धर्मशालाको निरीक्षण गर्ने भएका हुन्। यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध समेत गरेका थिए।