काठमाडौं। दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर–७ चर्णावतीमा चर्नावती बृद्धाश्रमको निर्माण सम्पन्न भएको छ। निर्माण कार्य सुरु गरिएको लगभग पाँच वर्षपछि बृद्धाश्रमको निर्माण कार्य सम्पन्न भएको हो।
उक्त बृद्धाश्रम निर्माणका लागि २०६९ सालबाट पहल शुरु गरिएपनि २०७४ सालबाट भवन निर्माण शुरु भएको थियो। लगभग २५ रोपनी जग्गामा बनेको बृद्धाश्रम तीनतले निर्माण भएको छ। ट्वाइलेट बाथरुम सहित भवनमा २१ कोठा रहेका छन्।
आश्रम सञ्चालनको लागि नयाँपुलबाट दक्षिण, रामेछाप जाने पुरानो बाटोदेखि पूर्व, काठमाडौं–मन्थली जाने सडक पश्चिम र धमेलीखोला उत्तरको ४० हेक्टर जमिनको सामुदायिक वनबाट केही आम्दानी लिने र सोही क्षेत्रका नदी आसपास उत्खनन् गरिने बालुवा गिटी समेतबाट उठेको कर आश्रमलाई उपलब्ध गराइने तत्कालीन जिल्ला परिषदले निर्णय गरे अनुसार कार्यान्वयन भए बृद्धाश्रम सञ्चालनको लागि ठूलो भरथेग हुने आशा गरिएको छ।