कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको नगर कार्यपालीकाको कार्यालयले नलगाड नगरपालीका वडा नं ७ मा १५ शय्याको आधारभुत अस्पतालको निर्माण गर्ने भएको छ। उक्त अस्पतालको निर्माण कार्य प्रेरा खड्का र कृष्णा काराभान जेभीले २२ करोड भन्दा माथिको लगानीमा निर्माण गर्न लागेको हो।
उक्त अस्पतालको निर्माण पछि जाजरकोटका स्थानीयवासीलाई सहज हुने भएको छ। उपचार गर्नको लागी लामो समय खर्चेर टाढाँ पुग्नु परेको बताउँदै स्थानीयले भने अब यस अस्पतालको निर्माण पश्चात धेरै वटा समस्याबाट बच्ने छौँ। विभिन्न सुविधा सहितको सुविधा सम्पन्न अस्पताल निर्माण हुने निर्माण कम्पनीले जनाएको छ।