काठमाडौं। कंचनपुर जिल्लाको वेदकोट नगरपालिका– ५ धर्मपुरमा भूमिहीनका लागि आवास निर्माण गरिदैछ। मुख्यमन्त्री एकीकृत नमुनाबस्ती कार्यक्रम अन्तर्गत भूमिहीनका लागि आवास निर्माणको कार्य दुई वर्ष अघिदेखि भइरहे पनि अझै पूरा हुन सकेको छैन।
सुकुम्बासी, भूमिहीन, मुक्त कमैया र मुक्त हलियाको समुदायको आवासमा पहुँच पुर्याइने उद्देष्ले एकीकृत नमुनाबस्ती निमार्णमा लागेको जनाइएको छ।
मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रम अन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए।