उदयपुर। रामपुर अन्र्तगतको बेलाका नगरपालिकाले सार्वजनिक सौचालयको निर्माणको लागि ठेक्का आह्वान गरेको छ। चेन लिंक र लेकाली फुटबल मैदानको स्तरोन्नतीको लागि उक्त शौचालय निर्माण गर्न लागिएको हो। उक्त क्षेत्रमा फुटबल मैदान भएपनि सार्वजनिक शौचालय नभएको कारणले गर्दा फुटबल खेलाडीहरु लगाएत त्यहाँ उपस्थित दर्शकलाई पनि समस्या परेको थियो। त्यसैलाई मध्यनजर गर्दै शौचालय निर्माण गर्न लागिएको हो। शौचालय सँगसँगै मैदानको ट्रस संरचना पनि निर्माण गर्ने भएको छ।
बेलाका नगरपालिकाले करिव ८१ लाख भन्दा बढी लागतमा शौचालय निर्माणको लागि ठेक्का आह्वान गरेको छ। शैचालय निर्माण पश्चात खेलाडी तथा दर्शकहरुलाई सहज वातावरण सिर्जना हुनेछ। उक्त कार्यले फुटबल मैदानको शानलाई पनि बढाउने छ।