काठमाडौं। सर्लाही जिल्लाको हरिवन नगरपालिका–११ मा निर्माणाधीन भवन चर्किएको छ। नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो।
उक्त भवन आर्थिक वर्ष २०७५/७६ बाट निर्माण सुरू भएको थियो। १६ करोड ८६ लाख रूपैयाँमा सो भवन निर्माण हुन लागेको हो।
२०७७/७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएतापनी ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी बताउछन्। उक्त भवन निर्माणको ठेक्का बिकोइ–धुलिखेन निर्माण सेवाले पाएको हो।