काठमाण्डौं। नेपाली शान्ति सैनिकद्वारा हालसम्मकै सबैभन्दा ठूलो लेबनानमा पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ बर्दबहादुर गणले नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको हो।
तैनाथ मिसन प्रमुख र फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र इलाका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, महासेनानी कमल बाँनिया र स्थानीय नगरपालिका प्रमुख हसन हिजाजीले परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन।
शान्ति मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाका रूपमा रहेको स्थानीय तह र नागरिक समुदायसँग सम्बन्ध विस्तार गर्ने हेतुले परम्परागत कृषि पेसालाई टेवा पुर्याकउन आर्थिक वर्ष २०७५/७६ का लागि उक्त परियोजना छनोट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।