काठमाडौं। मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले एक आईतबार एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो।
नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो। कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताए।