तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। मुख्यमन्त्री पोखरेलले निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री पोखरेलले निर्माण तोकिएको तालिकाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
निर्माण कार्य उत्साजनक देखिएको भन्दै मुख्य मन्त्री पोखरेललेले अब ढिला गर्न नहुने बताए । उनले आयोजना निर्माण गर्दा स्थानीय समुदायसँग घुलमिल हुँदै तनहुँबासीको आर्थिक जीवनस्तर उकास्ने गरी काम गर्न आग्रह समेत गरेका छन् ।
उनले भने, ‘प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गर्दै आयोजनालाई जनमैत्री बनाएर निर्माण कार्य सञ्चालन गर्दा बिना अवरोध काम अघि बढाउन सकिन्छ। यो प्रदेशकै मत्त्वपूर्ण आयोजना भएकाले पनि समयमै सम्पन्न गर्न आवश्यक छ।’
गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले तनहुँ हाइड्रो पावर कम्पनीले अध्ययन गरिरहेको तल्लो सेती जलविद्युत आयोजनाबाट प्रभावित पृथ्वी राजमार्गको विकल्पमा बुद्धसिंह मार्गको निर्माण गर्दा प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरे । आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रो पावर कम्पनीका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए ।
आयोजनाको मुख्य कार्यलाई तीन प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजना सम्पन्न गर्न ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ ।