काठमाडौं। काठमाडौंको बानेश्वरमा मापदण्ड मिचेर व्यापारिक प्रयोजनको टहरा निर्माण भइरहेको। बानेश्वरस्थित आइप्लेक्स मल अगाडि रत्नकेशरी कनौडियाले बिना नक्सा पास टहरा बनाउन लागेका हुन्।
पहिलेदखि रहेको पसलहरु भत्काएर नगरपालिकाबाट नक्सा पास नगरी नयाँ टहरा निर्माण गर्न शुरु गरेको स्थानीयको आरोप छ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । उक्त ओम गल्ली तर्फको बाटो मापदण्डअनुसार १३ फिटको भएको र कनौडियाले साढे २ फिट छाड्नुपर्नेमा नछोडेको स्थानीयको आरोप छ।