कैलाली। धनगढी उमानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माणको कार्य सुरु भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु भएको हो।
प्रहरी चौकी भवनको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले शिलन्यास गरेका हुन्। उक्त प्रहरी चौकीको भवन निर्माणका लागि १० लाख बजेट छुट्याएको छ। बाँकी रकम जनश्रमदान गरेर १६ लाख रुपैयाँमा प्रहरी चौकीको भवन निर्माण हुने भएको छ।