काठमाडौं। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिञ्चुमा बसपार्क निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ। छिञ्चु बसपार्क आयोजनाका नगर विकास कोष र नगरपालिकाबीच ऋण सम्झौता भएको हो।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। छिन्चु वसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत १८ करोड ५८ लाख २० हजार रहेकोमा ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट बेहोरिनेछ।
आयोजनाअन्तर्गत करिब ३३ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गरिनेछ। सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखले यस आयोजनालाई कर्णाली प्रदेशकै नमुना आयोजनाको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
बसपार्कको निर्माण पछी पूर्वाधारको मात्र विकास नभई आर्थिक विकासमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।