काठमाडौं। दैलेख जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको हो।
सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी बासी रिठ्ठाका ४६६ घरधुरीमा जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको छ करोड ५३ लाख रुपियाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौँ ठेक्का दिएको हो।
उक्त आयोजनामा ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ। सोप्लान्टले २४ घण्टा विद्युत् उत्पादन गर्नेछ।
उपभोक्ता समिति र कम्पनीबीच १७ लाख रुपियाँमा निर्माण गर्ने सम्झौता भए पनि पावरहाउस र पक्की शौचालय निर्माण गर्न २९ लाख रुपियाँ खर्च भएपछि सार्वजनिक सुनुवाइबाट खर्चको अनुमोदन पनि गरिएको छ।