काठमाडौं। स्वास्थ्य सेवा कार्यालयमा जडान गरेको अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ। ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयको प्लान्ट सञ्चालनमा समस्या भएको हो।
स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको बताइएको छ। क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जनाइएको छ।
स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि जेनेटरको पावरले समेत अक्सिजन प्लान्ट संचालमा समस्या आइरहेको छ। थप समस्या आउने डरले जेनेरेटर प्रयोग नगरेको कार्यालयले बताएको छ।
विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत् प्राधिकरणले बताएको छ। जाजरकोटमा अहिले ११ केभी प्रसारण लाइनको विद्युत् सञ्चालनमा रहेको छ।भइरहेको छ ।