झापा। इलाका प्रशासन कार्यालय दमकको तीनतले पक्की प्रशासनिक भवन निर्माण भएको छ। दमकको पशुहाट राजमार्ग दक्षिण–८ मा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिएको हो।
दाताहरुले उपलब्ध गराएका दश कट्ठा जमीनमा सङ्घीय सरकारको रु चार करोड ५५ लाख बजेटबाट भवन निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
निर्माण भएको भवन छिट्टै हस्तान्तरणको प्रक्रियामा रहेको र यही माघ १६ गतेदेखि नयाँ भवनबाट कार्यालय स्थान्तरण गर्ने तयारी गरिएको छ ।
झन्डै एक दशकदेखि नेपाल भूटान भुटानी शरणार्थी संयुक्त प्रमाणीकरणको कार्यालयमै इलाका प्रशासन कार्यालय सञ्चालन हुँदैआएको छ । कार्यालय पुरानो कच्ची घरमा रहेको तथा विभागीय कोठासमेत पर्याप्त नहुँदा कामकाजमा समस्या झेल्नु परेको थियो।