काठमाण्डौंबाट चितवनको मैघौली पर्यटकिय बससेवा सुरु गरिएको छ। विसं २०६० देखी काठमाण्डौं पोखरा पर्यटकिय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले काठमाण्डौं मेघौली बस सेवा सुरु गरेको हो। कोरोनाबाट थालिएको आन्तरिक पर्यटनलाई प्रवद्धन गर्नकोलागी पहिलो पटक उक्त बस सेवा संचालन गर्न लागेको प्रालीका अध्यक्षले जानकारी दिनुभयो।
उक्त बस सेवाले काठमाण्डौं भैरहवामा सुनौली बस सेवा विस्तार गरेको छ। उक्त बस सेवा भारतिय पर्यटकलाई लक्षित गरेर विस्तार गरिएको उहाँले बताउनु भयो। यस ठाउँमा बस विस्तार गरेसँगै दैनीक रुपमा चार वटा बसले यात्रुलाई सेवा प्रदान गर्ने छन्। प्रत्यक दिन काठमाण्डौंबाट मेघौलीका लागी बिहान सात बजेबाट सोह्रखुट्टेबाट र भैरहवा हुँदै सुनौलीसम्म प्रत्यक दिन ७।३० मा बालाजुबाट बस छुट्नेछन्। उक्त बसको टिकट प्रालीको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने व्यवस्था रहेको अध्यक्षले बताउनुभयो।
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीय स्थलको रुपमा ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारणले उक्त बस सेवा ठप्प भएका थिए । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर आवतजावत गर्दै आएका छन् ।