काभ्रे । जिल्लाको पनौती नगरपालिका–१० खेपासीमा नगरस्तरीय अस्पताल शिलान्यास भएको छ ।
नेपाल सरकारको पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र भारतीय विदेश सह–सचिव अनुराग श्रीवास्तवले बुधबार संयुक्तरुपमा अस्पतालको शिलान्यास गरेका हुन्।
भूकम्पपछि क्षति पुगेको खोपासीको प्राथामिक स्वास्थ्य केन्द्रलाई पुननिर्माण प्राधिकरणमार्फत पुननिर्माण गर्न लागिएको हो । कुल १० करोड लागतमा २५ बेडको नगरस्तरिय अस्पताल निर्माण हुन लागेको हो ।
भूकम्पबाट क्षति पुगेको ठाउँमा भारत सरकारले स्वास्थ्य, विद्यालय, सम्पदालगायतको क्षेत्रमा पुननिर्माणका लागि सहयोग गरेको छ । यसै सहयोगअन्तर्गत काभ्रेका पनि केही विद्यालय र स्वास्थ्य चौकीहरु भारत सरकारको सहयोगमा निर्माण हुँदैछन् भने केही सम्पन्न भइसकेका छन्।