काठमाडौं। २०७३ मा काठमाडौं महानगरपालिकाले सोलार बत्ती परयोजना अगाडि बढाउँदैँ सोलार प्यानलको आयु २५ वर्ष हुने दाबी गरेको थियो। उक्त सोलार बत्तीको वर्षमा एक करोड ११ लाख रोयल्टी मात्र आउँछ। १२ सय ८५ सौर्य सडक बत्ती जडान गरेर सडक झिलिमिली पार्ने र त्यसबाट महानगरले आम्दानी पनि गर्ने भनिएको उक्त परियोजना पाचँ वर्षमै तुहिएको छ। २४ करोड लागतमा निर्माण गर्ने भनिएको सौर्य बत्ती परियोजनालाई रद्ध गरेर १३ करोड लागतमा १७ सय विद्युतीय बत्ती जडानको काम अगाडि बढाइने भएको छ ।
एक वर्ष जडान समय र बाँकि १० वर्ष निजी ९ सार्वजनिक साझेदारीअन्तर्गत विके ट्रेडर्सले सञ्चालन, व्यवस्थापन गरेर महानगरलाई हस्तान्तरण गर्ने भनिएको परियोजना रद्ध गरीएको हो। हाल महानगरले नेपाल विद्युत प्राधिकरणसँग साझेदारी गरेर विद्युतीय बत्ती जडान गर्न लागेको हो। तत्कालीन समस्यालाई समाधान गर्ने तर दीर्घकालीन लगानीको सोच नरहेको कुरा प्राधिकरणले जनाएको छ।
काठमाडौं महानगर पूर्वाधार विभाग प्रमुखले सोलार मर्मत गरिरहनुभन्दा प्राधिकरणसँग मिलेर बत्ती बाल्नु उपयुक्त रहेको बताए। सौर्य बत्तीलाई नियमित सफा गर्नुपर्ने, चार पाँच वर्षमा ब्याट्री फेर्नुपर्ने समस्या देखिएको कारण यसलाई रद्ध गरेर विद्युतीय बत्ती जडान गर्ने निर्णय गरीएको हो।