हुम्ला। हुम्लाका ताजाकोट गाउँपालिकामा निर्माण भइरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाका लागि श्रमदान गर्न शुरु गरिएको छ। ताजाकोटा गाउँपालिकाका लागि विद्युत उत्पादन गर्न निर्माण भइरहेको आयोजना पूरा गर्न श्रमदान शुरु गरिएको हो।
नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ ।
एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको बताइएको छ।