धादिङ । आँखुखोला हाइड्रो प्रालिले माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न बैंकहरुसँग ऋण सम्झौता गरेको छ ।
आँखुखोला निर्माण कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैंकबाट ऋण लगानी गर्ने गरी मंगलबार सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरेको हो।
३८ मेगावाट क्षमताको यस परियोजनाको कुल अनुमानित लागत ७ अर्ब ३३ करोड रुपैयाँमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहने कम्पनीले जनाएको छ ।
यसमा कुल ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने छ । आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ आँखुखोलाले जनाएको छ ।