काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरिएको छ।विप्लव माओवादी निकट विद्यार्थी संगठनले बुधबार त्रिचन्द्र क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेको हो।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु ३ ले वृद्धि भएको छ। बढेको पेट्रोलको मूल्य नेपालमा इतिहासकै उच्च भएको छ।