काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित कालीगण्डकी नदी किनारमा पर्खाल खन्न सुरु गरिएको छ। नदी किनारमा कटान रोकथामका लागि पक्की पर्खाल बनाउन जग खन्न सुरु गरिएको हो।
रुपाताल संरक्षण एकिकृत बिकास परियोजनाले ९ करोड ४५ लाखको लागतमा बेनीको कालीपुल, सङ्गमचोक पछाडि र मङ्गलाघाटमा पक्की पर्खाल निर्माण शुरु गरेको छ। पर्खाल निर्माण भएपछी वर्खाको समयमा आवतजावत गर्न र यस क्षेत्रका स्थानीय ढुक्कले निदाउन सक्ने आशा गरिएको छ।