संखुवासभा। संखुवासभामा तुम्लिङटार–शीतलपाटी २२० केभी विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । निर्माणाधीन तुम्लिङटार २२० केभी सवस्टेसनसम्म करिव १३.६१५ किलोमिटर लामो डबल सर्किट विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
प्रसारणलाइनको क्षमता २ लाख २० हजार भोल्ट र डबल स्रकिट रहने छ । यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा ६ सय मेगावाट सम्मको विद्यूत शक्ति प्रसारण गर्न सकिने विद्युत् विकास विभागले जनाएको छ ।
संखुवासभाको खाँदवारी नगरपालीका–१० मा प्रस्तावित २२०/१३२/३३ केभी शीतलपाटी सवस्टेसनबाट शुरु भई सोहि नगरपालीका–९ मा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन २२०/१३२/३३ केभी तुम्लिङटार सवस्टेसनसम्म निर्माण गरिने भएको छ ।
यो प्रसारण लाइनको लम्बाई करिव १३.६१५ किलोमिटर हुनेछ भने यसमा ४२ वटा टावर निर्माण हुनेछन् । साथै टुवीन मूस एसीएसआर कन्डक्टर जडान हुनेछ ।