काठमाडौं। काभ्रेमा भारत सरकारको सहयोगमा ६ वटा विधालयहरु निर्माण भएको छ। उक्त निर्मित विधालयको काभ्रेपलाञ्चोकका–२ का प्रतिनिधिसभा सदस्य, राष्ट्रिय पुनःनिर्माण कार्यका कार्यकारी सदस्य र भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिवले संयुक्त रुपमा उद्घाटन गरेका छन्। उक्त विधालयका भवनहरु १९ करोड लागतमा निर्माण भएको हो। भारत सरकारले पुनःनिर्माण अनुदानमा सो रकम सहयोग गरेको थियो।
उक्त निर्मित भवनबाट दुई हजार भन्दा बढी विधार्थीहरुले अध्ययन गर्न पाउने छन्। आजाद माध्यमिक विधालय बनेपा, भगवती माध्यमिक विधालय पाँचखाल, आजाद माध्यमिक विधालय पाँचखाल, दुग्धेश्वर माध्यमिक विधालय पाँचखाल, शारदा माध्यमिक विधालय पनौती र खाँडादेवी माध्यमिक विधालय चौरी देउराली गरी ६ वटा विधालय भवनहरु निर्माण भएका थिए। उक्त विधालयका भवनहरु नेपाल सरकारको भुकम्प प्रतिरोधी पुनःनिर्माण मापदण्ड अनुरुप पर्दछ।