नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणको लागी पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई. प्रालीले सिमेन्ट सहयोग प्रदान गरेको छ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालीका सेल्स म्यानेजर, वृज सिमेन्ट चितवनका आधिकारीक विक्रेता, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष र उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक बीच सहयोग गर्ने सहमति भएको हो।
महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजकका अनुसार पत्रकारहरुको हकहितकोलागी स्थापना भएको महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनिय रहेको छ।
विभिन्न सामाजीक संघ,संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संथागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरुलाई पुष्पतारा केडिया सेवा फाउन्डेसनले सहयोग प्रदान गर्दै आइरहेको छ।
महासंघका अध्यक्ष नारायण अधिकारीका अनुसार आगामी दिनहरुमा पनि महासंघ चितवन शाखाले पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टसँग सहकार्य गर्दै अघी बढ्नेछ।