काठमाडौं। रुकुममा निर्माण हुने ३० मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाले सर्वेक्षण अनुमति पाएको छ । विद्युत विकास विभागले आयोजनालाई माघ १० गते सर्वेक्षण अनुमति दिएको हो।
अर्धजलाशययुक्त आयोजनाको प्रवर्द्धक सानी भेरी हाइड्रोपावर कम्पनी रहेको छ । रुकुमको मुसिकोट खलंगामा आयोजना स्थल प्रस्ताव गरिएको आयोजनाले २ वर्ष भित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने छ ।
विद्युत विकास विभागले सानी भेरी संगै १२.५ मेगावाटको म्याग्दीखोला, ४.९ मेगावाटको अपर टक्सु साना जलविद्युत आयोजना र ९.४ मेगावाटको तल्लो दूधखोला जलविद्युत आयोजनाले पनि सर्वेक्षण अनुमति पाएका छन् ।