सिन्धुपाल्चोक। सिन्धुपाल्चोकस्थित ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ। आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नुअघि संरचनाको परीक्षण भइरहेको हो ।
आयोजनाको सबै संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षण सकिएपछि आयोजनाबाट विद्युत उत्पादन शुरु हुने बताइएको छ। आयोजनबाट २ सातासम्म परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई दिनेछ ।
आयोजना सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत विद्युतगृहदेखि २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहमा १२ मेगावाट क्षमताका ३ वटा उत्पादन युनिट छन् ।
यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना महामारीको दोस्रो लहरको समयमा लगाइएको निशेधाज्ञाका कारण निर्माण सामाग्री तथा उपकरण ढुवानीमा भएको समस्या एवं केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा तालिका असोजमा सारिएको थियो । यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । का छन् ।