काठमाडौं। काठमाडौं जिल्लाका सातवटा स्थानीय तहका प्रशासनिक भवनको निर्माण कार्य भईरहेका छन्। हाल जिल्ला समन्वय समितिको मौजाद कोषबाट जिल्लाभित्रका पालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन्।
चन्द्रागिरि नगरपालिका, कीर्तिपुर, टोखा, नागार्जुन, शङ्खरापुर, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन्। यसैगरी कीर्तिपुर नगरपालिका–६ को वडा प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकाको वडा नं. २ र ७ को प्रशासनिक भवन, गोकर्णेश्वरको वडा नं. ६, ८ र ९ को वडाको प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकामा गैरीगाउँ खानेपानी आयोजना निर्माण भइरहेको जिल्ला समन्वय समिती काठमाडौंले जनाएको छ।
जिल्लाभित्रका स्थानीय तहका प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार विकासका लागि स्वीकृत ठेक्का लागतको ६० प्रतिशत जिससले र ४० प्रतिशत सम्बन्धित पालिकाले बेहोर्ने जिसस मौजाद कोष सञ्चालन निर्देशिकामा उल्लेख गरिएको छ। जिससले प्रशासनिक भवन निर्माणको भौतिक प्रगतिका आधारमा आवश्यक कागजातसहित जिससले अनुगमन गरी तीन किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ।