काठमाण्डौं। प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिजलाईन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजानीक निष्काशन गर्ने कार्यका लागी नियुक्ति गरेको छ। रिजलाइन ईनर्जीका वसन्त गिरी तथा प्रभु क्यापीटलका प्रबन्ध निर्देशक दिनेश थकालीले उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
गोरखाको अजिरकोट २ स्थीत चेपे नदीमा उक्त कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्मााण गरिरहेको छ। कम्पनीले अधिकृत तथाजारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वधारणमा निष्काशन गर्न लागेको हो।