हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा मर्मत गरेको एकसाता नपुग्दै पुन विद्युत् अवरुद्ध भएको छ । पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत आयोजना मर्मत गरेको एक सातामै पुन अवरुद्ध भएको हो ।
विद्युत आयोजना पटक पटक अवरुद्ध हुँदा सिमकोटबासी समस्यामा पर्ने गरेका छन् । यतिबेला विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको छ ।
विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा गैह्रसरकारी संस्था, उद्योग, सञ्चारमाध्यम समेत प्रभावित भएका छन् । हिल्दुम साना लघु जलविद्युत आयोजना वर्षेनी मर्मत संभार हुँदै आएको छ । तर पनि समस्याको पूर्ण समाधान भएको छैन ।