संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ। लामाे समय आफ्नाे भवन नहुँदा विभिन्न किसिमका समस्या बेहाेर्दै आएकाे नगरपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाएकाे हो।
नगरपालिकाले करिब १० करोड लागतमा भवन निर्माण गर्न लागेको हो। भवन निर्माणका लागि नगरपालिकाले टेण्डर प्रक्रिया अघि बढाइसकेको छ। टेण्डर प्रक्रिया पूरा हुनासाथ भवन निर्माण कार्य अघि बढ्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका वडामा समेत आफ्नै भवन बन्ने क्रम जारी छ। केही वडा बाहेक सबैको आफ्नै भवन बनिरहेका र केहीको सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ। भवन निर्माण हुन बाँकी वडामा समेत अब चाँडै निर्माण प्रक्रिया शुरु गरिने बताइएको छ।