काठमाडौं। नेपालमा हुने तीन अर्बसम्मको आयोजनाको ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने भएका छन्। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले तीन अर्बसम्मको ठेक्का नेपाली व्यवसायीले नै लिन पाउने निर्णय गरेको हो।
अब एक निर्माण व्यवसायीले तीन अर्ब बराबारका ५ वटा सम्म ठेक्का लिन पाउने छन् । यसअघि एक अर्ब भन्दा बढीको ठेक्का लिँदा विदेशी कम्पनीहरूसँग मिलेर नेपाली निर्माण व्यवसायीहरूले काम गर्नुपर्ने हुन्थ्यो।
मन्त्रिपरिषदको निर्णय नेपाली राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक खरिद नियमावली संशोधन हुनेछ। निर्माण व्यवसायीहरुले ठेक्का लाग्ने वित्तिकै १० र काम सुरु गरेपछि १० प्रतिशत रकम पाउने व्यवस्थामा परिवर्तन भएको छ। अब ठेक्का लाग्ने वित्तिकै ५ र काम सुरु गरेपछि ५ प्रतिशत पाउने व्यवस्था गरिएको छ ।