सर्लाही। संघिय सरकारको तीन करोड ३२ लाख रुपैँया लागतमा लालबन्दीमा १४ कोठ ज्येष्ठ नागरिक दुई तले भवन निर्माण गरिएको छ। निर्माण कम्पनीले गत बुधबार भवन निर्माण कार्य सम्पन्न गरी वडा कार्यलयलाई गरेको हो। गत वर्ष मंसिरमा थालिएको काम १० महिनामा सम्पन्न गरी हस्तान्तरण गरेको निर्माण कमपनीले जनाएको छ।
समाजमा घरबार नै नभएकालाई, अप्ठेरोमा परेका, ज्येष्ठ नागरिकलाई राख्ने उद्देश्यले भवन निर्माण गरीएको हो। निर्मित भवनको व्यवस्थापन नहुन्जेल वडा कार्यलय र नगरपालिकाको विभिन्न विषयको शााखामा सञ्चालन गरी भवन प्रयोगमा ल्याउने कुरा वडाका वडाध्यक्षले बताएका छन्। छोरा ईश्वरमान श्रेष्ठको सम्झनामा आमा कौशिल्यादेवी श्रेष्ठ । बुबा स्वर्गीय गुन्जमान श्रेष्ठले ६ कठ्ठा ५ धुर जग्गा भवन निर्माणको लागि दान गर्नुभएको थियो। उक्त क्षेत्रमा निर्माणधीन भवनको काम अलपत्र पर्दा साथै वडाको आफ्नै भवन नहुँदा समस्या भइरहेको छ।