मोरङ। मोरङको विराटनगरमा अन्तर्राष्ट्रियस्तरको पार्टी प्यालेस सञ्चालनमा आएको छ। नेपाल र भारतका उच्च वर्गलाई लक्षित गरी विराटनगर–९ मा सिटी पार्टी प्यालेस सञ्चालन गरिएको हो।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएको बाबा ग्रुपले पार्टी प्यालेसमा १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ।
सिटी प्यालेसमा भारतीयको आकर्षण पनि बढिरहेको छ। यहाँ विहारका बेहुला–बेहुली पक्ष गरी ४ परिवारले २ वटा विवाह सम्पन्न गरिसकेका छन्। त्यस्तै पश्चिम बंगालका पनि ४ परिवारले २ वटा विवाह गरिसकेका छन्।
सिटी प्यालेसको सम्पूर्ण संरचनाको सेवा लिने उद्देश्यले बुक गर्ने हो भने दिनको सरकारी करसहित ५ लाख रुपैयाँको रेट राखिएको छ। व्यवस्थापनसितको सहमतिमा छुट्टाछुट्टै सिटी प्यालेसको निर्माण ३० कट्ठा जमिनमा गरिएको छ।