काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा दलहरुबीच सहमति नजुट्दा संसद बैठक स्थगित भएको छ। एमसीसी कार्यसूचीमा नपरेपछि बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हो।
सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै बैठक स्थगित गरिएको संसद सचिवालयले सूचना टाँसेर जानकारी गराएको छ । सूचनामा बैठक ६ दिनका लागि सारिएको उल्लेख छ । अर्को बैठक फागुन २ गते मात्र बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधवार दिउँसोका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए।
प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन केही समय लिन खोजेको स्रोतको भनाई छ । फागुन १६ भित्र एमसीसी संसदबाट पारित गरिसक्न सरकारलाई एमसीसी मुख्यालयको डेटलाइन छ ।