महोत्तरी। महोत्तरीको गौशालामा शेखर स्मृति सुधार गृहको भवन निर्माण गर्न शुरु गरिएको छ। गौशाला–८ स्थित सोनी खोलाको किनारमा मधेश सरकारको ८४ लाख लागतमा अत्याधुनिक सुविधा सम्पन्न दुई तल्ले सुधार गृह भवन निर्माण गर्न थालिएको हो।
भवनको बिहीबार मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका छन्।
शिलान्यासका क्रममा मन्त्री साहले लागुऔषध दुर्व्यसनमा लागेर कुलतमा फसेका युवाहरुलाई लक्षित गर्दै प्रदेशस्तरीय सुधार गृहको निर्माण गर्न लागिएको बताए । १४ देखि १६ वर्ष उमेरका युवाहरु कुलतमा फस्दै गएको अवस्थामा मधेश सरकारले यसलाई मध्यनजर गर्दै सुधार गृह निर्माण गर्न लागेको मन्त्री साहले बताए ।
असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिएको छ।