सुर्खेत । विरेन्द्रनगरमा क्षेत्रीय मेडिकल स्टोर निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालयको साढे चार करोडभन्दा बढी लगानीमा विरेन्द्रनगरमा मेडिकल स्टोर निर्माण हुने भएको हो ।
मेडिकल स्टोर निर्माणको ठेक्का 'जगदम्बा शिवालय सुपरस्टार जेभि काठमाडौं' ले पाएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी 'जगदम्बा शिवालय सुपरस्टार जेभि काठमाडौं' को बोलपत्र स्वीकृत गरेको जानकारी दिएको हो ।
यस निर्माण कम्पनीले औषधी भण्डार निर्माणका लागि करिब चार करोड ६८ हजार रकम कबोल गरेको मन्त्रालयले जनाएको छ । क्षेत्रीय स्तरमै औषधी भण्डारण गर्न मिल्ने गरी भण्डार निर्माण हुने भएपछि यहाँका औषधी व्यवसायीका लागि सहज हुने भएको छ ।