स्वच्छ ऊर्जाको निर्यातमार्फत अर्थमन्त्री एवं लगानी बोर्डका अपाध्यक्ष जनार्दन शर्माले कार्बन विस्थापन गर्ने बताउनु भएको छ।
आगामी नोभेम्बर १२ सम्म स्क्टल्याण्डको ग्लास्गो सहरमा बेलायतको संयोजनमा आयोजना हुन गइरहेको द २०२१ युएन क्लाइमेट चेन्ज कन्फरेन्सको पुर्वतयारी स्वरुप आयोजीत कार्यक्रममा अर्थमन्त्रीले स्वच्छ ऊर्जाको आयातमार्फत कार्बन विस्थापन गर्ने बताएका हुन्।
उक्त कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको हतियार पर्वाधारमा जोड दिएको बताउँदै जलवायु परिवर्तनबाट हुनसक्ने असरलाई न्युनीकरण गर्न सरकारले विशेष योजना सहित अघी बढेको बताउनुभयो। उहाँका अनुसार विकसित राष्ट्रहरुले उत्पादन गरेको कार्बनको असरले नेपालमा अनावृष्टि र खण्डवृद्धि भएको छ।
सोही कार्यक्रममा सहभागी भएकाहरुका अनुसार नेपाल र बेलायतका निजी क्षेत्रबिचमा ऊर्जा सहकार्यको आवस्यकता रहेको बताउँदै यसका लागी दुबै देशका निजी क्षेत्रहरुको सकृयता हुनुपर्ने छ। ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न दुवै देशका लगानीकर्ताहरुलाई लगानी बोर्डका कार्यकारी अधिकृतले आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासका लागी अहिलेको निती र कानुन उचित रहेको छ।
कार्यक्रममा विभिन्न पद र विभिन्न स्थान बाट सहभागी हुनुभएका व्यक्तीहरुले आफ्नो आफ्नो बिचार व्यक्त गर्दै नेपालस्थीत बेलायती राजदुत हरित अर्थतन्त्रको प्रवद्र्धनका लागी दुवै देशका निजी क्षेत्रबिच सहकार्य अगाडी बढाउन सबै सरोकारवाला निकाय सकृय हुनुपर्ने कुरामा जोड दिनुपर्ने बताउनु भयो।