काठमाडौं। बाँकेको जानकी गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु गरेको छ। जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको हो।
जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको बताइएको छ। अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।
दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने गरी अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा÷अनक जेभीले पाएको छ। अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाख रूपैयाँमा बोलपत्र खोलेकामा सो निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाख रूपैयाँमा बोलपत्र पाएको हो।
निर्माण कम्पनीले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गरिने बताएको छ। अस्पताल निर्माण भएसँगै जानकी गाउँपालिकावासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने भन्दै स्थानीय पनी खुसि भएका छन्।