काठमाडौं। सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन्। इन्द्रावती गाउँपालिकाले छ करोड ५१ लाख रुपियाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा आकर्षक भवन निर्माण गरेको गरेको छ।
उक्त गाउँपालिकाका १० वटा वडाको भवन निर्माण गरी सेवा दिन सुरु भएको छ। चौतारा साँगचोकगढी नगरपालिकाकामा सात करोड रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण भएको छ। नगरका नौवटा वडाका भवन निर्माण भईसकेका छन्।
मेलम्ची नगरपालिकाले सात करोड रुपियाँको लागतमा दुइटा प्रशासनिक भवन निर्माण गरेको बताइएको छ। पालिकाका १३ वटा वडामध्ये सातवटा वडा कार्यालयका नयाँ भवन बनेका छन्। यस्तै भोटेकोसी गाउँपालिकाले छ करोड रुपियाँको लागतमा तीनवटा वडा भवन निर्माण गरेको जनाएको छ।