काठमाडौं। दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ। सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो।
अबको एक।दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने बताइएको छ। किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा उक्त उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन। यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन्।
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र बगदहको महालक्ष्मी चिनी उद्योगले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन्। यी दुवै चिनी मिल गएको पुसमध्यबाट सञ्चालनमा आएका हुन्।