अछाम। अछामका विपन्न, दलित, लोपोन्मुख र अति सीमान्तकृत समुदायको लागि आवास निर्माण गरिएको छ। जनता आवास कार्यक्रम अन्तर्गत १०१ घर निर्माण गरिएका हुन्।
जिल्लामा ०७६/७७ देखि घर निर्माण कार्य सुरु भएको थियो। एक वर्षसम्म निर्माण कार्य अलपत्र पर्दासमेत वास्ता नगरेको सरकारले गत असोजमा मात्रै सम्पन्न भएको एक स्थानीयले बताए। उनले एकातिर ऋण काढेरै निर्माण गरेका कारण साहुले सताउने गरे विगतलाई सम्झँदै अहिले भने आनन्द भएको बताए।
लाभग्राहीमध्ये धेरैजसोले ऋण काढेरै घर निर्माण सम्पन्न गरेको र प्रदेश सरकारले अन्तिममा भुक्तानी दिएको मंगलसेन नगरपालिका–५ की जैसरा विकले बताइन।
भवन डिभिजन कार्यालय डोटीका अनुसार जनता आवास कार्यक्रममार्फत सरकारले यस वर्ष अछामका मंगलसेन, पञ्चदेवल विनायक, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा घर निर्माण गरेको छ।