काठमाडौं । नेपाली सेनाले लुम्बिनी प्रदेशमा सैनिक महाविद्यालय निर्माण गर्ने भएको छ। सेनाले निर्माण गर्न लागेको महाविद्यालयका लागि पुस ११ गते प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन्।
लोक कल्याणकारी कोषमा असारसम्म जम्मा भएको मौज्दात रकम ५४ अर्ब १२ करोड ७५ लाखबाट सेनाले महाविद्यालय निर्माण गर्ने भएको हो । कोषले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ भने कोषको यथार्थ सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख छ ।
सेनाले लोक कल्याणकारी कोषबारे पत्रकार सम्मेलन गर्दै पछिल्लो पाँच महिनामा भएका गतिविधिबारे जानकारी दिँदै यस्तो बताएको हो ।
भवन निर्माणको लागि ३१ करोड ३८ लाख १९ हजार लाग्ने बताइएको छ । यसको निर्माण पछि अब सबै प्रदेशमा सैनिक महाविद्यालय हुनेछन् ।
यस्तै, प्रधानसेनापति कमान्ड नीति तथा मार्ग निर्देशन २०७८ नुसार सेवा निवृत हुँदासम्म सकल दर्जाले न्यूनतम सुविधा सहितको निजी आवासको व्यवस्था गरिएकोमा ९० जनाको आवेदन स्वीकृत भएको छ । वार्षिक ३.३२ ब्याज दरमा २५लाखसम्मको घर सहायता कर्जा यस वर्षबाट सुरु भएको हो ।