काठमाडौं। आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक फेरि आइतबार सम्मका लागि सरेको छ। सूचना टाँसेर फागुन १५ गते आइतबार सम्मका लागि बैठक स्थगित गरिएको हो।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको बताइएको छ।
बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।