धनगढी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि उक्त क्षेत्रको पर्यटकीय क्षेत्रको विकास हुन जरुरी भएको बताएका छन्। उनले सो क्षेत्रको धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका हुन्।
अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए।
उनले सुदूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने जानकारी दिए।