दार्चुला । व्याँसको नीतिकुण्डमा नेपाल प्रहरीका लागि नयाँ भवन निर्माण थालिएको छ । नीतिकुणमा प्रहरीका लागि दुई तला र ११ कोठाको भवन निर्माण गर्न थालिएको हो ।
यस भवनका लागि कूल २ करोड २ लाख ८५ हजार ५१९ रुपैयाँ लागत लाग्ने बताइएको छ । भवन निर्माणका लागि एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता भएको छ । भवन निर्माण २०८० वैशाख ६ गते सक्नेगरी सम्झौता भएको छ ।
छाङ्गरुमा चिसो हुने भएको कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागिएको बताइएको छ । बाटो नहुँदा निर्माण व्यवसायीले तुरुन्तै काम शुरु गर्न नसकेको तर केही दिनमै शिलान्यास हुने र निर्माण शुरु हुने बताइएको छ ।
अहिले नेपाल प्रहरी सीतापूलमा भवन नहुँदा छाङ्गरुको नीति कुण्डमा बसेको छ । यसअघिको भनव जीर्ण भएपछि सोही ठाउँमा नयाँ भवन बनाउन लागिएको हो ।