काठमाडौं। नुवाकोटको पश्चिमी भेगमा रहेको वुधसिंहस्थित चण्डी माध्यमिक विद्यालयमा साढे चार करोडको नयाँ भवन निर्माण गरिएको छ। एक कार्यकर्मकाबीच सो भवन हस्तान्तरण गरिएको हो।
तारकेश्वर गाउँपालिका–४ स्थित बुधसिङमा रहेको चण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको हो।
एसियाली विकास बैंकको कुल चार करोड ५८ लाख ५१ हजार नौ सय १५ रुपैयाँको लागतमा १२ कोठे भूकम्प प्रतिरोधी पक्कि भवन निर्माण भएको विद्यालयले जनाएको छ। विद्यालयमा आवश्यक फर्निचर, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, स्टाफ कक्षा, खानेपानी सेवा र छात्रछात्रा शौचालयसमेत निर्माण भएको छ।
सुविधासम्पन्न भवन निर्माण भएपछि विद्यालयले अब शैक्षिक गुणस्तर सुधार गर्न ध्यान दिनुपर्ने बताइएको छ।